वि.सं.२०८३ वैशाख ७ सोमवार

केयूकेएलका सिईओ मिलनकुमार शाक्य लेखापाल सरुवामा गर्दै बार्गिनिङ, मिल्यो कोइराला र बस्नेतको सेटिङ

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत(सिईओ) मिलनकुमार शाक्य लेखापाल सरुवामा बार्गिनिङ गर्न थालेका छन ।

उनले केयूकेएलका ठूला र कमाईहुने शाखाको लेखापाल भएर जान खोज्ने लेखा अधिकृतहरुसँग आर्थिक लेनदेनको कुरा अगाडि बढाउन थालेको लेखापालहरु वीच चर्चा चल्न थालेको छ ।
लेखापालहरुको सरुवा आजै बेलुकासम्म गरिसक्ने गरि तयारी पुरा भएको केयूकेएल स्रोतले दावी गरेको छ । राम्रो शाखाबाट राम्रै शाखामा सरुवा भएर जाने भाग्यमानिमा महालचौर शाखामा बसेर अकुत सम्पति आर्जन गरेका राजु कोइराला र महाराजगञ्जका लेखबहादुर बस्नेत रहेका छन । उनीहरुको शाखा चेन्ज हुने भएको छ ।

जाउलाखेल शाखाका सन्तबहादुर बोहोराले पनि आफ्नो यूनियनको सक्दो भिट्टो लगाएका छन । तर, उनले यो शाखामा बसेर काम गर्न नसकेको आरोप लगाएर अडिड शाखातिर फाल्ने कसरत समेत भएको छ । पिआइडीमा बसेका श्रीप्रसाद दाहाललाई पनि कुनै राम्रो शाखा दिने तयारी भएको छ । उनी पिआईडीबाट शाखामा सरुवा भएर जान खोजेका छन ।

कोइराला दक्ष यूनियनका समर्थक हुन । उनी कुनै पनि मुल्य चुकाएर महाराजगंञ्ज शाखामा जाने भएका छन । लेखबहादुर बस्नेत नवलसिंह साउदका कार्यकर्ता भएका कारण उनलाई महांकाल चौरमा लाने तयारी भएको छ । यस पटक फालिनेमा सन्त बोहोरा पर्ने सम्भावना देखिएको समाचार स्रोतले दावी गरेको छ । बानेश्वर शाखामा ओम अधिकारी छन उनीलाई पनि सरुवा गर्ने तयारी छ ।

त्यसैगरि कृर्तिपूर शाखामा जानुका श्रेष्ठलाई पनि राम्रो ठाउँ दिनुपर्ने दवाव यूनियनहरुको रहेको छ ।
जसले सिइओलाई राम्रो नजरना चढाउन सक्छ उसले नै वाजी मार्ने कुरा केयूकेएल देखि मन्त्रालयसँग चर्चा चल्ने गरेको पाइएको छ ।
ठूला शाखामा बसेर कमाएकाहरुले नै पैसा खर्च गर्न सक्ने र यूनियनका पदासिनहरुले नै मौका पाउने कुरा नर्कान नसकिने स्रोत दावी गर्छ ।
सरुवाको चलखेलमा केयूकेलएका यूनियनहरु आफू र आफुनिकटलाई बढी अवसर दिने खेलमा विगतदेखिनै लाग्र्दै आएका छन । यहि प्रवृति यसपटक पनि नदोहोरिएला भन्न सकिने अवस्था छैन ।

सरुवामा त्यति धेरै चासो नराख्ने गोपाल सिंह धामि यूनियन पनि यस पटक यस खेलबाट अछुतो रहने संकेत छैन । सिईओका रक्षा कवज जस्तै देखिएका धामि यूनियनको चित्त्त बुझाउनु शाक्यको पहिलो कर्तब्य र दायित्व हुन आउने कुरा व्यवस्थापन वीच कुरा चल्ने गरेको छ ।
सिईओ शाक्यले पैसाको चलखेल नगरि मौका नपाएका कर्मचारीहरुलाई मौका दिने किसिमले सरुवा गर्लान भन्ने विश्वास केयूकेएलमा छैन । उनी सिईओ हुदाँ वखतको लगानी उठाउने एउटा मौकाका रुपमा पनि यो सरुवालाई लिने संकेत सिईओ निकटहरुको दौडधुपले देखाएको छ ।

ranechhap