काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली थ्री ‘ए’ को सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कवीर महर्जन र सञ्जय साहलाई उद्धार गरेको हो।
उद्धारपछि गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा सञ्जय साहको अवस्था सामान्य पाइएको नेपाली सेनाले जानकारी दिएको छ।
अर्का घाइते कवीर महर्जनलाई भने थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित नेपाली सेनाको छाउनी अस्पताल ल्याइँदै छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार महर्जनको उपचारको प्रबन्ध छाउनी अस्पतालमा मिलाइएको छ।




































