वि.सं.२०८३ भदौ १९ शुक्रवार

त्रिशूली–३ ‘ए’ को सुरुङमा १० दिनदेखि फसेका दुई कर्मचारीको जीवितै उद्धार

khanepani

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको १० दिनपछि शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ।

जीवितै उद्धार गरिएकाहरूमा नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय साह र आयोजनाका सुपरभाइजर कविर महर्जन रहेका छन्। आयोजना प्रमुख आवास ओझाका अनुसार आयोजनाको मर्मत कार्य चलिरहेका बेला बाढी आएपछि उनीहरू सुरुङभित्र फसेका थिए।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यका क्रममा शुक्रबार बिहान उनीहरूलाई जीवितै बाहिर निकाल्न सफल भएको हो।

ranechhap