काठमाडौँ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको सकुशल उद्धार गरिएको छ।
उद्धार कार्यमा संलग्न इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरक्षाकर्मीको टोलीले सुरुङभित्रबाट थप एक जनालाई जीवितै बाहिर निकालेको हो। योसँगै सुरुङबाट जीवितै उद्धार हुनेको सङ्ख्या दुई पुगेको छ।
सुरुङभित्र अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। आज बिहान मात्रै उद्धार टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको थियो।







































