वि.सं.२०८३ भदौ १९ शुक्रवार

आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो, पाउन्ड र खाडी मुलुकका मुद्राको भाउ कति?

khanepani

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।

सार्वजनिक विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम हुँदा १० जापानी येनको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा छ। १०० साउथ कोरियन वनको खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा तोकिएको छ।

युरोपेली अन्य मुद्रातर्फ स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।

केन्द्रीय बैंकका अनुसार आवश्यकतानुसार यो दर जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही फरक हुन सक्छ।

ranechhap