वि.सं.२०८३ भदौ १९ शुक्रवार

जसपा नेपालद्वारा लुम्बिनीका चार सांसद निष्कासित, कोशीकी लिम्बूलाई स्पष्टीकरण

khanepani

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

ललितपुरको बालकुमारीमा सम्पन्न तीन दिने केन्द्रीय कार्यकारिणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई कारबाही गर्ने निर्णय गरेको हो। पार्टी निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको तथा सरकारमा सहभागी भएको आरोपमा परेका यी सांसदहरूको पद रिक्त गराउन जसपाले छिट्टै प्रदेश सभा सचिवालयमा पत्राचार गर्दैछ।

यसैगरी, पार्टीको निर्देशन नमानेको भन्दै कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। जसपा नेता मनिष सुमनका अनुसार लिम्बूले बुझाउने स्पष्टीकरण चित्तबुझ्दो नभए उनलाई पनि पार्टीबाट निष्कासन गरिनेछ।

ranechhap