वि.सं.२०८३ भदौ २४ बुधवार

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

khanepani

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।

अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।

समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए ।

उनले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए ।

ranechhap