वि.सं.२०८३ भदौ २४ बुधवार

प्रतिगमन सच्याउन संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्छ : महेश बस्नेत

khanepani

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि विघटन संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्न बताएका छन् । आज गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संसद् पुनर्स्थापना असोज ६ र ७ गते बस्ने बैठकको एजेन्डा बन्ने बताए।

उनले भने, ‘कतिपय संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ । जसरी विगतमा प्रतिगमन सच्याउनको लागि संसद् पुनर्स्थापनाको प्रक्रियालाई हाम्रो आन्दोलनले स्वीकारेको थियो । २०६२-६३ मा माओवादीको आन्दोलनलाई आत्मसात् गर्दा पनि हामीले संसद् पुनर्स्थापना गर्‍यौँ । अब पनि प्रतिगमन सच्चाउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्छ, जो सर्वोच्चमा विचाराधीन छ, त्यो हुन सक्छ हामीभित्र बहसको विषय हो। लुकाउनु पर्ने केही छैन ।’
बालेन सरकार जति धेरै टिक्छ देशले क्षति व्यहोर्ने उनको भनाइ छ। उनले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएर आएपछि राजीनामा दिन सुझाव दिए ।

उनले भने, ‘राजीनामा नदिए २३ र २४ गते जसरी तपाईँहरूले हाम्रो घर जलाउनुभयो। जनताको आक्रोश छ। जनताको आक्रोश रोक्न राजीनामा दिनुस् । नभए दोस्रो भदौ २३ र २४ गतेको जस्तै आन्दोलनको घोषणा हुनेछ। संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ ।’

उनले एमालेमा पुनर्गठनको नाममा अध्यक्ष केपी ओलीलाई हटाउने षड्यन्त्र पूरा नहुने जिकिर गरे । केन्द्रीय समिति बैठकपछि ओलीको नेतृत्वमा एमाले एकताबद्ध बन्ने बताए ।

ranechhap