वि.सं.२०८३ भदौ २४ बुधवार

जेनजीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न रास्वपा सांसद यादवको माग

khanepani

काठमाडौं । रास्वपाका सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनको माग र मर्मको भावनालाई निर्वाचनबाट जनताले अनुमोदन गरिसकेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अन्तरिम सरकारले जेनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन गर्न माग गरे।

उनले भने, ‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ। आज मसँग बोल्ने शब्द र वाक्यहरू थोरै छन्, तर पीडा र वेदना धेरै छन्। त्यो पीडायुक्त घटना र दिन सम्झँदा मन भारी भएको छ। जेनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ। तर आज पनि अन्तरिम सरकारले जेनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्।’

उनले आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न र जेलमा रहेका जेनजी योद्धालाई तत्काल रिहा गर्न माग गरे।

बालुवाटारबाट भागेर बार्दली पुगेका जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न चेतावनी दिए।

उनले थपे, ‘भदौ २३ ले हामीलाई एउटा कुरा सिकाएको छ, सत्ता स्थायी हुँदैन, तर जनताको आवाज, इतिहास सधैँ जीवित रहन्छ।’

ranechhap