वि.सं.२०८३ भदौ २४ बुधवार

विज्ञापन बोर्डमा लक्ष्मण हुमागाईँ तेस्रो नियुक्तिको प्रयासमा, अरु को छन् आकांक्षी ?

khanepani

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका ११ जना उम्मेदवारहरूलाई सूचना तथा सञ्चार मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको लागि बोलाएको छ । उनीहरूलााई ३ समूहमा विभाजन गरी भदौ २८ गते समय निर्धारण गरिएको छ ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि लक्ष्मण हुमागाईँ तेस्रो नियुक्तिको दाउमा छन् ।

एमालेको शासनकालमा २ पटक अध्यक्ष खाइसकेका हुमागाईँ रास्वपा सरकारको पालामा पनि नियुक्ति लिएर ह्याट्रिक गर्ने प्रयासमा छ । उनी नेपाल टेलिभिजनको जीएम कार्यकाल सकिएपछि गोकुल बास्कोटाको पालामा पहिलोपटक बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।
४ वर्षे कार्यकाल सकिएलगत्तै ओली नेतृत्वकै सरकारका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा दोस्रोपटक नियुक्त भएका थिए । कार्यकाल नसकिँदै अध्यादेशबाट पदमुक्त भएका हुमागाईले आफ्नो अनुभवका आधारमा बोर्डलाई सशक्त बनाउन तेस्रो प्रयास गरेको बताएका छन् ।

उनीबाहेक अनन्तकान्त मैनाली, अनिल बास्कोटा, अशोककुमार घिमिरे, पुष्पराज गिरी, भुवनप्रसाद आचार्य, मेगराज खड्का, मेघेन्द्रप्रकाश गिरी, रामहरि कार्की, सन्तोष श्रेष्ठ र सुजनराजा श्रेष्ठ सर्टलिष्टमा परेका छन् ।

ranechhap