काठमाडौं । रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिनेहरूलाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै जेन-जी आन्दोलन बेथिति, दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा विद्रोह भएपनि राज्यले दमन गरेको बताए।
उनले भने, ‘जेनजी आन्दोलनमा तत्कालीन ओली सरकारले निर्मम नरसंहार गर्दा भएको २४ गतेको घटना उप्रान्त ओली सरकारको पतनदेखि यो संसद् र सरकारसम्म आइपुग्दा ती युवाहरूले देखेका सपनाहरू कति सम्बोधन भए, अनि कति सम्बोधन हुने क्रममै होलान् ती आफ्नो ठाउँमा छन्। तर दुःखका साथ भन्नुपर्दा, त्यस विद्रोहका धेरै योद्धाहरू आज पनि जेलमै छन् ।’
उनले अझै कति जेनजी युवाहरू मुद्दा खेप्न बाध्य भएको बताए।
उनले थपे, ‘गोली खाने र गोली खान तयार हुने दोषी हुने, अनि गोली हान्ने र हान्न लगाउने निर्दोष ठहरिने यो कस्तो न्याय हो ?’







































