वि.सं.२०८३ वैशाख १९ शनिवार

नेपाली बजारमा एकैदिन ३८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।

सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला पाँच हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला पाँच हजार सात सय २० कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap