वि.सं.२०८३ वैशाख २६ शनिवार

एन्फाले पारित गर्‍यो लेखा परीक्षण र १ अर्ब बढीको बजेट

khanepani

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट पारित गरेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बसेको कार्यसमिति बैठकले लेखा परीक्षण प्रतिवेदनसहित सन् २०२६ को बजेट पनि पारित गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

स्वीकृत बजेटमार्फत राष्ट्रिय तथा प्रदेशस्तरको फुटबल संरचना, प्रतियोगिता सञ्चालन र विकास कार्यक्रमलाई प्राथमिकता दिने योजना एन्फाले अघि सारेको जनाएकाे छ ।

आगामी माघ २८ का लागि एन्फाको निर्वाचन घोषणा गरिएको छ ।

ranechhap