हेटौडा । नेपाली काँग्रेससहितका दलले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् ।
केहीबेर अघि शुरु भएको प्रदेश सभा बैठक नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदहरूले बहिष्कार गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै शुरु भएको छ ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ । काँग्रेससहितका दलहरुले मुख्यमन्त्री नियुक्तिको विषय अदालतमा पुगेकाले अदालतबाट विवाद टुंगो नलागेसम्म प्रदेश सभा स्थगित गर्नुपर्ने माग राखेका थिए । तर सत्तापक्षले विपक्षी दल बिना नै प्रदेश सभा संचालन गरेका छन् ।







































