काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २० जना, काठमाडौँ उपत्यकामा ९ जना, कर्णालीमा ६ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ९ जना, गण्डकीमा १५ जना घाइते भएका छन् ।






































