वि.सं.२०८३ वैशाख ८ मंगलवार

बस्दै आज कांग्रेस केन्द्रीय समिति बैठक

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार) बिहान बस्ने भएको छ ।

मंगलबार बिहान ११ बजे, पछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेर बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

विशेष महाधिवेशन पक्षधर नेताहरू बैठकमा सहभागी भएका छैनन् । मंगलबारदेखि शुरु भएको मनोनयन आज पनि कांग्रेस केन्द्रीय समिति बैठककै समयमा बिहान ८ बजेदेखि ९ बजेसम्म जारी रहने तालिका सार्वजनिक भएको ।

मंगलबार रातभर सहमतिको प्रयास भए पनि बिहानैदेखि संस्थापन पक्षधर बैठक र विशेष महाधिवेशन पक्षधर मनोनयनमा जुटेका छन् ।

ranechhap