वि.सं.२०८३ वैशाख ८ मंगलवार

कर्णाली मन्त्रिपरिषद्‌द्वारा यातायात नियमावली स्वीकृत, दुई सडक राष्ट्रिय प्राथमिकतामा

khanepani

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्‌को बैठकले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै दुई सडक आयोजनालाई राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद्‌ बैठकले (कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२) स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउन राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।

यसैगरी जाजरकोट जिल्लाको ‘वडावन सानाखोला सडक’ लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय गरिएको छ।

ranechhap