वि.सं.२०८३ वैशाख ६ आइतवार

संसद भवनको सुरक्षा व्यवस्थापन बुझ्न प्रहरी अधिकारी सिंहदरबारमा

khanepani

काठमाडौं । नेपाल प्रहरीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि सुरक्षा व्यवस्थापनको तयारी सुरु गरेको छ।

चैत्र १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गर्ने भएकोले सुरक्षा, ट्राफिक व्यवस्थापन र अन्य समग्र व्यवस्थापनको तयारीमा प्रहरी जुटेको छ ।

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै आज महानिरीक्षक ईश्वर कार्की र उमा प्रसाद चतुर्वेदीले नयाँ संघीय संसद भवनको निरीक्षण गरेका छन्।

सिंहदरबारस्थित नयाँ संसद भवनको सुरक्षा व्यवस्थापनकाे बारेमा एआईजी कार्की र चतुर्वेदीले निरीक्षण गरेका हुन् । निरीक्षणकाे क्रममा स‌ंसद सचिवालयले शपथकाे तयारीबारे ब्रिफिङ गरेकाे थियाे । नवनिर्वाचित सांसदहरूले १२ गते शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

ranechhap