वि.सं.२०८३ वैशाख ८ मंगलवार

हिजो स्वार्थ नमिलेर छुट्टिएकाहरू फेरि एकताको कुरा गर्दैछन्, अब अभिभावक भएर बसुन्ः बिन्दा पाण्डे

khanepani

काठमाडौं । नेकपा एमालेका नेतृ बिन्दा पाण्डेले व्यक्तिगत स्वार्थ नमिलेकै कारणले अलग भएकाहरूले वाम एकताको बहस चलाउन थालेको बताएकी छन्। नेपालको वाम आन्दोलनमा महिलाको उपलब्धि, चुनौती र अवसरबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वार्थ केन्द्रित एकताको पक्षमा आफूहरू उभिन नहुने बताइन्।

उनले भनिन्, ‘सङ्कट आएपछि हामीले पटक–पटक एकता गर्छौँ, अनि पटक–पटक फेरि स्वार्थ नमिलेपछि फुट्छौँ, अनि फेरि जहाँनेर स्वार्थ धर्मराउँछ अनि फेरि एकताका कुराहरू आउँछन्। अहिले फेरि बजारमा हल्ला छ, हामीले संसद्मा प्रमुख प्रतिपक्षको हैसियत पनि गुमायौँ, अब बाहिर पनि हाम्रो नयाँ पुस्ताले हामीलाई विश्वास गर्न छोडेको स्थिति रह्यो। त्यसैले फेरि पार्टी एकता गर्ने भन्ने खालको कुरा छ।’

एकताको कुरा गर्नु अघि हिजो एकता गरेर किन छट्टिएको नेतृत्वले जवाफ दिनुपर्ने बताइन्।

उनले थपिन्, ‘हाम्रो विचार नमिलेर होरु हाम्रो नीति नमिलेर हो? कि हाम्रो नेताहरूको स्वार्थ नमिलेर हो? स्वार्थ नमिलेर हिजो हामी फुटेका थियौँ भने फेरि तिनै नेताहरूको स्वार्थ मिलेको स्थितिमा त्यो स्वार्थको आधारमा गरिने एकता हामीलाई मान्य छैन।’

उनले आफूहरू एकताको पक्षमा रहेको भएपनि स्वार्थको आधारमा हुन नहुने बताइन्।

उनले भनिन्, ‘अब हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको आधारमा वाम आन्दोलन एकताबद्ध गरेर जानुपर्छ। त्यो कुरो आज हामी जोजोको शीर्ष स्थानमा बसेका नेताहरू हो, उहाँहरूबाट हुन्छ जस्तो मलाई लाग्दैन। यहाँसम्म आन्दोलन ल्याउने नेताहरूले अब अभिभावकत्व लिनुपर्छ।’

वाम आन्दोलनलाई अघि बढाउन युवा पुस्तालाई अघि सार्नुपर्ने बताइन्।

ranechhap