वि.सं.२०८३ वैशाख ६ आइतवार

भारतबाट घुम्न आएका २ युवक पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता

khanepani

रुपन्देही । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर २ जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुने भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान असन्सारी र १७ वर्षकै फरान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताएका छन् ।

७ जनाको समूहमा भारतबाट नेपालमा घुम्न भनेर भएका थिए । ती मध्य २ जना बेपत्ता भएका हुन् । बेपत्ता दुबै जनाको खोजी कार्य जारी रहेको छ । सो क्षेत्रमा यस अघि पनि भारतीय तथा नेपालीहरु पौडीका क्रममा डुबेर मृत्यु भएका थिए ।

ranechhap