वि.सं.२०८३ वैशाख ८ मंगलवार

सभामुख घिमिरेले भने, ‘मेरो कार्यकाल आगामी माघ ५ गतेसम्मै छ’

khanepani

काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गतेसम्म रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन कार्यतालिका र कानुन अनुसार सभामुखको कार्यकाल आगामी माघ ५ गते सकिँदैछ,’ उनले भने ।

अर्को निर्वाचनका लागि मनोनयन दाखिला गर्ने अघिल्लो दिन सभामुखको कार्यकाल सकिने कानुनी व्यवस्था छ । समानुपातिकतर्फ गत पुस १३ र १४ गते नै मनोनयन दाखिला भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनय दर्ताको समय आगामी माघ ६ गते तय भएको छ ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म रहेको बताएका हुन् ।

यो पनि पढ्नु

ranechhap