वि.सं.२०८३ वैशाख १९ शनिवार

न्याम्सले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने

khanepani

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

न्याम्सले आज एक सूचना जारी गरी फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरुलाई स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको सहायक डीन, प्रा. डा. विकास विक्रम सिंह अधिकारीले जानकारी दिए । बुधबार प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा प्रतिष्ठानको आवद्ध आंगिक अस्पतालका सरोकारवालाहरुको उपस्थितिमा आयोगको गाइडलाइन अनुसार निर्वाह भत्ता दिने निर्णय भएको उनले बताए ।

न्याम्सले पुस १ गतेदेखि भर्ना प्रकिया अगाडि बढाउने तयारी गरेको थियो । तर न्याम्सले फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिई श्रमशोषण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका थिए ।

ranechhap