वि.सं.२०८३ भदौ १४ आइतवार

विपद्‌मा कसैले पनि राजनीति नगरौँ : अध्यक्ष ओली

khanepani

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा बाेल्दै उनले राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् ।

‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ’ उनले भने । यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुने भन्दै तीनवटै सरकार, सङ्घसंस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने ओलीको भनाइ छ । तर यस्तो बेलामा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको ओलीको भनाइ छ ।

‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्‍यो । अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो’, ओलीले भने, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो ।’

उनले श्रेयको होडबाजी कसैले नगर्ने भनेर सबै दलले प्रतिबद्धता जनाइसकेको अवस्थामा पनि कतिपय निजी सङ्घ संस्थालाई खोजी कार्य गर्न समेत नदिएको बताए । त्यसक्रममा उनले बागमती प्रदेश सरकारले आफ्नै पहलमा रेस्क्यु, राहत र पुननिर्माणका काम गरेकोमा धन्यवाद दिए ।

ranechhap