वि.सं.२०८२ कात्तिक ३० आइतवार

माओवादी-समाजवादी एकताको टुंगियो सैद्धान्तिक पक्ष

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा प्रचण्डले संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।

तथापि, कसरी दुवै संगठनालाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।
छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।