वि.सं.२०८३ वैशाख ८ मंगलवार

माओवादीसँग एकता नगर्ने नेकपा एसको सुकेधारामा झलनाथ र घनश्याम पक्षको बेग्लै भेला

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि झलनाथ पक्षले असन्तुष्टि जनाउँदै बेग्लै बेला बोलाएको छ। नेता खनाल र घनश्याम भुसाल पक्षको भेला सुकेधारामा अहिले जारी छ।

खनाल पक्षले बेग्लै भेला राखेपछि नेकपा एस विभाजित भएको छ। भेलामा सम्मानित नेता खनाल भने अहिलेसम्म आइपुगेका छैनन्।
वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन्।

अध्यक्ष नेपालले बहुमतको आधारमा हिजो माओवादीसँग एकता गर्ने निर्णय गरेका थिए। सो निर्णय लगत्तै नेता खनालले बेग्लै पार्टी गठन गर्ने घोषणा गरेका थिए।

ranechhap