काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बुधबार दिउँसो २ बजे बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी काठमाडौँमा उपलब्ध नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षलाई पनि बैठकमा आमन्त्रण गरिएको छ । रसुवा, धादिङ र नुवाकोटका नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिलाई समेत बैठकमा सहभागी हुन बोलाइएको छ ।
भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।







































