वि.सं.२०८३ भदौ १० बुधवार

भोटेकोशी र त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रह

khanepani

काठमाडौँ । रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि गृहमन्त्री सुदन गुरुङले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले अर्को सूचना जारी नभएसम्म रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मको भूभाग उच्च जोखिममा रहेको जनाइएको छ ।

खोज तथा उद्धार आवश्यक परेमा वा कुनै किसिमको सहायता आवश्यक देखिएमा तत्काल निःशुल्क फोन नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैगरी पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र यी सडकमा आवतजावत पूर्ण रूपमा रोक्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन् ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

ranechhap