वि.सं.२०८३ भदौ १० बुधवार

मुग्लिन-नारायणघाट क्षेत्रमा त्रिशूली किनारका बस्ती र बजार खाली गर्न प्रहरीको आग्रह

khanepani

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी-मलेखु कटिसकेको छ । पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट राजमार्ग त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

प्रहरीले सूचना जारी गर्दै बाढीको बहाव आगामी केही घण्टामा मुग्लिन पार गर्दै तलतर्फ जाने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट राजमार्ग तथा त्रिशूली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ।

त्रिशूली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित स्थानमा जान तथा आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेकाे छ ।

सूचनामा भनिएकाे छ,’रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केहि घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ ।’

नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ।

ranechhap