वि.सं.२०८२ कात्तिक ३० आइतवार

तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

khanepani

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन ।

सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।