वि.सं.२०८३ भदौ २२ सोमवार

गृहका २६ सहसचिव र उपसचिवको सरुवा, केही जिल्लाका सीडीओ फेरिए

khanepani

काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।

सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी सीडीओ को जिम्मेवारी दिएको छ ।

ranechhap