वि.सं.२०८३ भदौ २२ सोमवार

उद्धार, राहत र पुनःस्थापनामा जुट्न ओलीले गराए सरकारको ध्यानाकर्षण

khanepani

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अकल्पनीय प्राकृतिक विपत्तिले सिङ्गो देशलाई स्तब्ध बनाएको बताएका छन् ।

भोटेकोशी बाढीको १३औँ दिन शोक वक्तव्यमार्फत् ओलीले बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उद्धार र राहत कार्यमा खटिने सुरक्षा निकाय तथा स्वयंसेवकहरूको उनले प्रशंसा गरेका छन् ।

‘अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अतुलनीय योगदान पुर्‍याउनुहुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एमालेका स्वयंसेवक साथीहरू, सामाजिक सङ्घ–संस्था, प्रदेश-स्थानीय सरकार र अन्तर्राष्ट्रिय समुदायप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु’, ओलीको वक्तव्यमा भनिएको छ ।

अझै पनि बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा जनाउँदै उनले राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

ranechhap