काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
उनका अनुसार बैठक दिउँसो १ बजे सानेपामा बस्नेछ । बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।
जारी कार्यसम्पादन समितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका धकेल्ने निर्णय गर्दै छ ।







































