काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छन् । दिउँसो ३:३० बजे राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेर फर्केलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । पौडेलले आज बिहान नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।
प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनस्र्थापनालगायतका विषयमा जानकारी लिएका थिए ।







































