वि.सं.२०८३ भदौ २२ सोमवार

काठमाडौंमा खाना पकाउने ग्यासको चरम अभावः कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

khanepani

काठमाडौं । उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।

भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामवद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।

भोटेकोशी बाढी अघि पनि काठमाडौंमा ग्यासको अभाव थियो ।

सरकारलै ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताएपनि आम नागरिकहरु लामवद्ध भएर ग्यासका लागि बसिरहेका छन् ।

ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् ।

कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा विक्री गरिरहनु भएका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार माग अत्यधिक भएपनि दैनिक करिव १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ ।

ranechhap