वि.सं.२०८३ भदौ २२ सोमवार

बाढीप्रभावित ३ जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हट्यो, परिचयपत्र नभए पनि सेवा पाइने

khanepani

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बीमित नागरिकका लागि स्वास्थ्य बीमा सेवा प्राप्त गर्न सहजता प्रदान गर्ने निर्णय गरेको छ ।

बोर्डको बैठकले सरकारले ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । ती ३ जिल्लाका स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्मका लागि स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी र क्यापिङ पूर्ण रूपमा हटाउने निर्णय गरेको हो ।

गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीका कारण ती क्षेत्रहरू प्रभावित भएका थिए ।

विपद्को यस अवस्थामा नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बीमा बोर्डले यो निर्णय गरेको हो ।

बाढीका कारण बीमा परिचयपत्र हराएको वा नभएको अवस्थामा पनि बीमितहरु उपचारबाट वञ्चित हुनुपर्ने छैन ।

सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणाली मार्फत बीमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा प्रवाह गर्ने छन् ।

ranechhap