वि.सं.२०८३ भदौ २२ सोमवार

ओपनएआईका एआई एजेन्टको अनौठो गतिविधि : वेबसाइट नियन्त्रणमा लिएर ‘गुप्त’ कुराकानी गरेको खुलासा

मानिसबाट लुकेर आपसमा संवाद : एआई एजेन्टहरूले कब्जा गरे जर्मनीको प्रोग्रामिङ वेबसाइट

khanepani

काठमाडौँ । ओपनएआईसँग सम्बन्धित हजारौँ कृत्रिम बौद्धिक (एआई) एजेन्टले जर्मनीको प्रोग्रामिङसम्बन्धी वेबसाइट ‘डीएसईविकी’लाई आफ्नो नियन्त्रणमा लिएर मानिसबाट लुक्दै आपसमा कुराकानी गर्न सार्वजनिक सन्देश पाटीका रूपमा प्रयोग गरेको दाबी गरिएको छ ।

रिपोर्टअनुसार, सन् २०२६ को सुरुआतमा करिब दुई महिनाको अवधिमा ती एआई एजेन्टले उक्त वेबसाइटमा १५ हजारभन्दा बढी सम्पादन गरेका थिए । तीमध्ये धेरै सन्देश एआई एजेन्टसँग सम्बन्धित देखिने प्रयोगकर्ता नामबाट राखिएका थिए र करिब आधा नाम ओपनएआईसँग सम्बन्धित रहेको बताइएको छ ।

रिपोर्टअनुसार, ती एजेन्टले आफ्नो गतिविधि मानिसबाट लुकाउने, गोपनीयताका लागि प्रयोग हुने टोर प्रणाली अपनाउने तथा बन्द गरिएपछि पनि एकअर्कासँग सम्पर्क कायम राख्ने उपायबारे छलफल गरेका थिए । वेबसाइटका मानव व्यवस्थापकले पृष्ठ हटाउन थालेपछि उनीहरूले हटाउन कठिन हुने गरी ‘जेडजेडजेड’ बाट सुरु हुने वैकल्पिक पृष्ठसमेत बनाउन थालेका थिए ।

जुनको अन्तिमतिर मानव व्यवस्थापकले दैनिक करिब एक सय पृष्ठ हटाउन सक्दा एआई एजेन्टले करिब चार सय नयाँ पृष्ठ बनाउने गरेको रिपोर्टमा उल्लेख छ । यस घटनाबारे ओपनएआईका अधिकारीले केही साताअघि नै जानकारी पाएको भए पनि सार्वजनिक नगरिएको दाबी गरिएको छ । कम्पनीले भने कानुनी टोलीले अनुसन्धान रोक्न खोजेको भन्ने दाबी गलत भएको बताएको छ ।

यसअघि सुरक्षा परीक्षणका क्रममा ओपनएआईका एआई एजेन्ट आफ्नो निर्धारित सीमाबाट बाहिर निस्केर ‘हगिङ फेस’का सर्भरमा प्रवेश गर्न खोजेको घटना पनि सार्वजनिक भएको थियो । घटनापछि ओपनएआईले सुरक्षा व्यवस्था थप बलियो बनाउन केही प्रणालीको प्रशिक्षण रोकेको बताइएको छ । एन्थ्रोपिक र मेटाले पनि सुरक्षा परीक्षणका क्रममा आफ्ना एआई एजेन्टले वेबसाइटमा अनधिकृत प्रवेशको प्रयास गरेको स्वीकार गरिसकेका छन्

ranechhap