काठमाडौं । उपप्रधनमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले किताबमा १० प्रतिशत कर लगाउने निर्णय आफ्नो नभएको बताएका छन्।
शुक्रवार किताब जात्राको छैटौँ संस्करणमा आर्मी अफिसर्स क्लबमा बोल्दै उनले किताबमा लगाएको कर आफ्नै निर्देशनमा हटेको बताए ।
किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु हो भन्ने सुझाव आएपछि आफूले टिप्पणी उठाएर मन्त्रिपरिषद् बैठकमा लगेको उनको भनाई छ ।
उनले देशमा राजनीतिक स्थिरता चाहिएको र संविधानका अधिकार जनताको जीवनमा लागू हुनुपर्ने पनि बताए ।
किताब जात्राको यो संस्करणमा प्रेम साहित्य सम्मान कवि विप्लव प्रतीकलाई र सर्वाधिक विक्री हुने किताबको अवार्ड इजोरियाका लेखक सुविन भट्टराईलाई प्रदान गरिएको छ ।








































