वि.सं.२०८३ भदौ ११ बिहीवार

चिनियाँ मिडियाले भन्यो, ‘केरुङ नाकानजिकै पहिरो, बन्दरगाहसम्म पुग्ने सडक अवरुद्ध’

khanepani

काठमाडौं। चीनको राज्य–नियन्त्रित मिडिया ‘पिपुल्स डेली’ ले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहनजिकै पहिरो गएको जनाएको छ।

पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको स्थानीय अधिकारीहरूले बताएको पिपुल्स डेलीले लेखेको छ।

सिगात्से सहर अन्तर्गत केरुङ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोका कारण चिनियाँतर्फ बन्दरगाहसम्म पुग्ने सडक अवरुद्ध भएको छ। साथै, सञ्चार र विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।

केरुङ बन्दरगाह चीन र नेपाललाई स्थलमार्गबाट जोड्ने प्रमुख नाकामध्ये एक हो।

बुधबार बिहान चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको थियो।

ranechhap