13, Nov, 2024

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, अष्ट्रेलियन डलर र रिंगिट?

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ श्रावण २०८१, शुक्रबार १०:५२ | ३ महिना अगाडी

एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७५ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रूपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रूपैयाँ ४२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ २५ पैसा र बिक्रीमा २९ रूपैयाँ ३८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ २७ पैसा र बिक्रीमा ४३९ रूपैयाँ २३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रूपैयाँ १९ पैसा तोकिएको छ।

१८ श्रावण २०८१, शुक्रबार १०:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading