वि.सं.२०८३ भदौ १२ शुक्रवार

उद्धार कार्य तीव्र पार्न गृहमन्त्री गुरुङलाई आङ्देम्बेकाे सुझाव

khanepani

नुवाकोट । प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरुङलाई बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन् ।

नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरुङसँग शुक्रबार मध्याह्न भेट गर्दै आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङको थुप्रै बाढी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘विभिन्न ठाउँदेखि उद्धारका लागि याचना भइरहेको छ’, उनले गृहमन्त्री गुरुङलाई भने, ‘सरकार पूरै उद्धारमै केन्द्रित होस् । हामी पनि सक्दो सहयोग गर्छौं ।’

नेता आङ्दम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने बताए । ‘म प्रधानमन्त्रीजीलाई पनि भन्नुपर्ने भन्छु,’ उनले भने, ‘यो विपदमा हामी सबैको पहिलो दायित्व बाँचेकाको छिटो उद्धार गर्नु नै हो ।’

उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे, नुवाकोटको कोलोनी, विदुर नगरपालिकाको १, ४ र १० लगायत क्षेत्रमा थुप्रै नागरिक फसेका छन् । उनीहरूको हवाई उद्धार आवश्यक भएकोले ढिलाइ गर्न नहुने उनले बताए ।

उनले उद्धार नै पहिलो प्राथमिकता हुनुपर्ने भन्दै अनावश्यक रूपमा पटक पटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राख्न नहुने बताए । कांग्रेसकै अर्का सांसद टेकबहादुर गुरुङले बाढी प्रभावित क्षेत्रको सडक अवरुद्ध भएको हुनाले शीघ्र पुनर्निर्माण गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

स्थलगत निरीक्षणमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बासना थापा, सांसदहरू खडकबहादुर बुढा र डा.शाहजान खातुन, कांग्रेस नुवाकोट सभापति रमेश महत गएका थिए । उनीहरूले

नुवाकोटको विदुर नगरपालिकाको ढुङ्गे बजार, देवीघाट लगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

ranechhap