काठमाडौं । नेपाल जेसीजले तत्कालका लागी रसुवा र नुवाकोटमा बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो ।
सोही प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नेपाल जेसीजले “एक सदस्य, एक सय” अभियान सुरुवात गरेको थियो । जस अन्तर्गत नेपाल जेसीजसँग आबद्ध रहेका देशभरका शाखा तथा सदस्यहरुले उक्त अभियान मार्फत सो रकम योगदान गरेका थिए ।
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीजको मार्गनिर्देशक सिद्धान्तलाई आत्मसात् गर्दै नेपाल जेसीजले यो सहयोग पु¥याएको जनाएको छ । साथै, संस्थाले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बाढीमा परि घाईते हुनेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यस दुःखद् प्राकृतिक विपद्को कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति नेपाल जेसीज हार्दिक ऐक्यबद्धता व्यक्त गर्दै विशेषगरी रसुवा तथा आसपासका क्षेत्र (त्रिशूली नदी वरपर) रहेका नेपाल जेसीजमा आबद्ध शाखाका सदस्यहरु स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी एवं गैरसरकारी निकायहरुसँग आवश्यक समन्वय गरी तत्काल उद्धार, राहत तथा मानवीय सेवाको कार्यमा जिम्मेवार रुपमा अग्रसर हुन समेत आह्वान गरेको छ ।
सामाजिक सेवामा निरन्तर सक्रियः
नेपाल जेसीज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अन्तर्राष्ट्रिय संस्था हो । हाल नेपालभर यसका १८६ वटा शाखाहरूको सञ्जाल रहेको छ । सामाजिक सेवा र युवा नेतृत्व तथा व्यक्तित्व विकासमा विगत ६ दशकदेखि निरन्तर सक्रिय यो संस्थाले यस वर्ष ‘नेपाल जेसीज एचयवभअत क्बलपबउिब द्दण्द्दटः एकताको सङ्कल्प, रूपान्तरणको यात्रा’ अन्तर्गत ब्ष्, ब्अत, ब्अजष्भखभू नाराका साथ आफ्ना गतिविधिहरू अगाडि बढाउँदै आईरहेको छ ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको नेतृत्वमा सेवा भाव सहित सम्पूर्ण देशभरका शाखाहरूलाई विपद्को यस घडीमा एकताबद्ध भई उद्धार र राहतमा जुट्न आह्वान गरिएको छ ।







































