वि.सं.२०८३ वैशाख १८ शुक्रवार

भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ

khanepani

सिन्धुली । भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ परेका छन् ।

जिल्लाको खुर्कोटस्थित राजमार्गमा चेक पोइन्टबाट उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलीयाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।

बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेकजाँच गर्नेक्रममा उनीमाथि तलासी गर्दा ज्याकेटको खल्तीबाट ४ दशमलव १३ ग्राम ब्राउन सुगर र गितारको कभरबाट करिव ७ ग्राम गाँजासमेत फेला परेको एसपी थपलीयाले जानकारी दिए ।

कार्कीमाथि लागूऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ranechhap