वि.सं.२०८३ असार ७ आइतवार

बालेनलाई देवानन्दसँग तुलना गर्दै सिके राउतले भने, ‘प्रतिपक्षीले कालो लुगा लगाउन नदिने माग गर्न सक्छन्’

khanepani

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहको प्रशंसामा थुप्रै शब्द खर्चिए ।

राउतले नेपालका प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ भन्दै तारिफ गरेका हुन् । प्रधानमन्त्रीले लगाउने कालो पोशाकलाई उनले देवानन्दसँग तुलना गरे ।

राउतले भने, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन ।’

प्रधानमन्त्री शाहलाई हिमाल पहाड मधेस सबैतिर जनताले अगाध माया गरेको राउतले बताए ।

उनले थपे, ‘प्रधानमन्त्रीप्रति जनताको यस्तो माया ईतिहासमा कहिल्यै देखिएको थिएन । यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा हामीले पाएका छौँ । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ ।’
मधेसीको छोरा प्रधानमन्त्री बनाएकाले रास्वपालाई धन्यवाद दिन आफू महाधिवेशनमा आएको उनले बताए ।

ranechhap