चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन शुरु भएको छ ।
भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले घन्टी बजाएर गरेका हुन् ।
रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका सभापति थापासहित नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनल, डा. बाबुराम भट्टराई, डा. सिके राउतलगायतका नेताहरु सहभागी भएका छन् छन् ।
रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधिले भाग लिदैछन् ।









































