वि.सं.२०८३ असार ७ आइतवार

रास्वपालाई लिङ्देनले भने, ‘यस्तो अवसर कहिल्यै आउँदैन, चुकियो भने सिंगो देशलाई धोका हुन्छ’

khanepani

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् ।

रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन,’ उनले भनेका छन् ।

अहिलेको अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने उनको भनाइ थियो ।

‘यो अवसर चुक्यो भने चुकाउनु भयो भने धोका तपाईंको पार्टीलाई र तपाईं नेतृत्वलाई मात्रै होइन सिंगो देशलाई हुन्छ । यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्,’ उनले भने ।

ranechhap