काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यस भन्दा अगाडि भएका आन्दोलनलाई तिरस्कार गर्ने साहस आफूहरूमा नभएको बताएका छन् ।
आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सभापति लामिछानेले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्ने बताए ।
‘हामीले यस भन्दा अगाडिका आन्दोलनलाई तिरस्कार गर्दैनौ । तिरस्कार गर्ने आट हामीमा छैन,’ सभापति लामिछानेले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी लागिरहने छौँ । ’
उनले शक्ति पृथकीकरणको सिद्धान्त, संविधान र संविधानमा उल्लेख भएको व्यवस्था कार्यान्वयनमा लाग्ने समेत बताए ।








































