04, May, 2024

झापाको कमल गाउँपालिकामा पुरुषको शव फेला

Bagmati Voice
संवाददाता
३१ श्रावण २०७८, आईतवार १७:५६ | २ साल अगाडी

झापा । झापाको कमल गाउँपालिका– २ स्थित क्याम्प चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ । स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३१ श्रावण २०७८, आईतवार १७:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading