वि.सं.२०८३ भदौ ७ आइतवार

कालीमाटी बजारमा तरकारी तथा फलफूलको आजको थोक मूल्य निर्धारण

khanepani

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ९० रुपैयाँ र भारतीय १०० रुपैयाँ कायम भएको छ भने सानो लोकल गोलभेँडा ५० रुपैयाँ र टनेलको ७३ रुपैयाँमा कारोबार भइरहेको छ। आलुतर्फ रातो लाम्चो ५१, रातो गोलो ५३, मुढे ५३, भारतीय ४० र सेतो आलु प्रतिकिलो ३८ रुपैयाँ तोकिएको छ। यस्तै, भारतीय सुकेको प्याज प्रतिकिलो ८०, लोकल गाजर १२०, तराई गाजर ८०, लोकल बन्दा ५०, स्थानीय काउली ११०, रातो मूला ३०, सेतो हाइब्रिड मूला ३५, लाम्चो भन्टा ४० र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ।

अन्य तरकारीहरूमा तने बोडी ९०, मकै बोडी १२०, लोकल तथा हाइब्रिड घिउ सिमी १००, टाटे सिमी ८०, भटमास कोसा १३०, तीते करेला ५०, लौका ६०, लोकल तथा तराई परवर ८०, चिचिण्डो ३०, घिरौँला ३०, झिगुनी ७०, पाकेको तथा हरियो डल्लो फर्सी ६०, भिन्डी ५०, पिँडालु ८० र स्कुस प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ। यसैगरी ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन २५०, रातो बन्दा ४०, गान्टेमूला १५०, तामा १६०, तोफु १६०, रुख टमाटर ३००, कुरिलो ५०० र निउरो प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ।

सागपात तथा च्याउको मूल्य हेर्दा रायो साग १५०, तोरीको साग १००, पालुङ्गो २५०, हरियो प्याज १५०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १५००, सौफको साग १५०, पुदिना ५०० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ रहेको छ। च्याउमा कन्य ३००, डल्ले ५००, राजा च्याउ ३३० र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३५०, कागती ३००, अनार ३००, मालदह आँप २८०, चोसा आँप २५०, हरियो तरबुजा ६०, जुनार ३००, लोकल तथा लोकलक्रस काँक्रो ५०, हाइब्रिड काँक्रो २०, खकटहर ६०, लप्सी ६०, किबी ४००, एभोकाडो २५०, अमला २००, काँचो नरिवल ८०, हरियो नरिवल १७० र नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ निर्धारण भएको छ। नास्पातीतर्फ लोकल ९० र चाइनिज २५० रुपैयाँ तथा मेवातर्फ नेपाली ८० र भारतीय १०० रुपैयाँ प्रतिकिलो छ। यस्तै नेपाली केरा प्रतिदर्जन ३००, मालभोग केरा प्रतिदर्जन २०० र भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ।

मसला तथा माछाको सूचीमा अदुवा २३०, हरियो धनियाँ ५००, इमली १८०, सुकेको खुर्सानी ५५०, लाम्चो तथा बुलेट हरियो खुर्सानी ७०, माछे खुर्सानी ५०, अकबरे खुर्सानी ३०० र भेडे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ रहेको छ। लसुन हरियो १५०, सुकेको चाइनिज लसुन २३०, सुकेको नेपाली लसुन २०० तथा हरियो र सुकेको छ्यापी प्रतिकिलो २०० रुपैयाँमा कारोबार भइरहेको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो १,०००, ताजा रहु ३७०, बचुवा ३४० र छडी माछा प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ।

ranechhap