काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संसद पुनः स्थापनाको विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताए ।
अर्का सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेन-जी आन्दोलनपछि विघटन भएको संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्ने धारणा राखेलगत्तै कुरा गर्दै विश्वकर्माले सो भनाइ व्यक्त गरेका हुन् । व्यक्तिले बोलेको विषय पार्टीको धारणा नहुने बताए ।
‘संसद पुनः स्थापनाको विषयमा कुनै छलफल भएको छैन, यो विषयले प्रवेश पाएको पनि छैन, कुनै व्यक्तिले बोलेको विषयमा पार्टीको धारणा हुँदैन’ उनले भने ।
सचिव बस्नेतले आज गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै आगामी केन्द्रीय समितिको बैठकले जेन-जी आन्दोलनपछि विघटन भएको संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्न भनेका थिए ।







































