वि.सं.२०८३ भदौ २५ बिहीवार

नेप्सेमा आज १५.४३ अंकको गिरावट, ४ अर्ब १९ करोड

khanepani

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबै भन्दा बढी अपरा लाहोर खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावरको शेयर ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४२ करोड ७६ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

ranechhap